४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

नेपालगञ्जमा ५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले ५ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरस्थित भारतको रुपैडिया नाकाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ५ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको लखनऊ उत्तर प्रदेशका ४० वर्षीय निरज चौरासिया र दाङ पुरन्धारा गाउँपालिका-१ का २६ वर्षीया साइना नेपाली छन्। 

प्रहरीले शंका लागेर चेकजाँच गर्दा चौरासियाले चलाएको ‘यूपी ३२ एलभी ६३८९’ नम्बरको सुजुकी गाडीबाट ५ सय दरका ६ सय थान र २ सय दरका एक हजार थान गरी जम्मा ५ लाख भारतीय रुपैयाँ फेला पारेको हो। 

उक्त नगद र गाडी बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १८ जेष्ठ २०८२ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App