बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-३ भेलुखेलबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।
प्रकाशित: १३ जेष्ठ २०८२ १३:४० मंगलबार





