४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

उनीहरुसँग अख्तियारले जनही ५ करोड ७९ लाख बिगो दाबी गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।  

राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५-०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्राविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको अख्तियारको दाबी छ । 

प्रकाशित: ५ जेष्ठ २०८२ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App