२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अपराध

कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या गरेको आरोपमा एक दम्पत्ति पक्राउ परेका छन्। ४६ वर्षीय मनबहादुर दमाईको हत्या गरेको आरोपमा बलबहादुर दमाई र कर्मती दर्जीलाई पक्राउ गरिएको हो।

वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जंगलमा मनबहादुरको शव फेला परेको थियो। प्रहरीले आज आरोपित दम्पत्तिलाई सार्वजनिक गरेको छ। अनुसन्धानमा दम्पत्तिले हत्या गरेर शव लुकाएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले बताए।

‘आरोपित दम्पत्तिले बाँसको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेर जंगलमा फालेको अनुसन्धानबाट पत्ता लाग्यो,’ प्रहरी निरीक्षक पौडेलले भने। आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २ जेष्ठ २०८२ २०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App