२ असार २०८२ सोमबार
image/svg+xml
अपराध

महिलाको हत्यापछि फरार पन्त नागढुङ्गाबाट पक्राउ

नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन्।

गत चैत २९ गते काठमाडौं महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौं फर्कंदै गर्दा नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App