१ असार २०८२ आइतबार
image/svg+xml
अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-१० पानबारी बस्ने ३२ वर्षीय पर्वत श्रीसमगर र ३४ वर्षीय अशोक विक रहेका छन्। अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले लु २९ प २१०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित बेलवारी नगरपालिका-३ बस्ने २५ वर्षीय मिलन धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकी रहेका छन्।लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागू औषध फेनारगन ६२ एम्पुल, नोर्फिन ६२ एम्पुल र डाईजेपाम ६२ एम्पुल सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय आशिक जलारीर तनहुँ शुक्लागण्डकी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रदिप विक रहेका छन्।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १ ख९२६९ नम्बरको बसमासवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागू औषध ट्रामाडोल २५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अजित दोङ र २१ वर्षीय बिनय लामा रहेका छन्। प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शेख फैईयाज र आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, गौरीगंज गाउँपालिका-२ परेवाखोपीबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ स्कुलचन्द बस्ने २२ वर्षीय अभिषेक राई र दमक नगरपालिका-३ बांगुबारी बस्ने २२ वर्षीय दिपेश बानिया रहेका छन्।

प्रहरी चौकी कोरोबारीसमेतबाट खटिएको प्रहरीले बा २८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ वैशाख २०८२ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App