३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

चेकजाँच छलेर फिल्मी शैलीमा भागेको कार दुर्घटना हुँदा ४ सय २१ किलो गाँजा भेटियो

सशस्त्र प्रहरी बलले धनकुटाबाट ४ सय २१ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ। 

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरना नजिक कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस मुलघाटको चेकपोइन्टमा शङ्का लागेर जाँच गर्न खोज्दा कार भागेको थियो। 

भाग्ने क्रममा कारको गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हाे। चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ।

जाँच गर्दा कारभित्र १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

उनका अनुसार कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

प्रकाशित: १७ वैशाख २०८२ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App