१ असार २०८२ आइतबार
image/svg+xml
अपराध

बाराबाट लागू औषधसहित दुई पक्राउ

बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–१६ का सिद्धान्त पटेल र भारतको मोतिहारी, मलाहीका नितिश कुमार ठाकुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०५ बीए ४८१७ नम्बरको कारलाई अमलेखगञ्ज प्रहरी चेकपोस्टमा जाँच गर्दा २९,६५० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएको हो।

प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा उक्त लागूऔषध फेला पारेको थियो।

पक्राउ परेका चालक नितिश र कारमा सवार सिद्धान्तलाई कारसहित नियन्त्रणमा लिइएको हो। दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले बताए।

प्रकाशित: १६ वैशाख २०८२ २०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App