३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

तीस हजार घुस लिएका प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ

रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

भारतबाट भन्सार छली गरी घरेलु प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले खड्काविरुद्ध मुद्दा चलाएको हो।

अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानपछि खड्काले घुस मागी लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उक्त मुद्दामा कैद सजाय र बिगोअनुसार जरिवानाको माग गरिएको छ।

प्रकाशित: १६ वैशाख २०८२ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App