३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

दाउरा प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ वर्षीया श्रीमती भगवती विकको सोमबार राति हत्या गरेका हुन्। मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो।  

सोमबार पर्वतको जलजला गाउँपालिका वडा नं ३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो। मदिराले मातेका श्रीमानले पटकपटक छोरीलाई कुटपिट गरी घाइते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताइन्।

उनले भनिन्, ‘हिजो छोरीलाई लिन घरमै पुगेका थिए, मैले छोरीलाई मार्छ भन्दै रोक्न खोज्दा पनि छोरी उतै जान्छु भनेर हिँडेकी थिइन्।’ घटनास्थल आसपासका स्थानीयवासीले राति करिब १० बजे हल्ला गर्दै घरभित्र प्रवेश गरेपछि केही जानकारी नभएको प्रहरीलाई बताएका छन्।  

मंगलबार विहान वडा सदस्य रमेश फगामीलाई स्थानीयले घटनाका बारेमा जानकारी गराएपछि मंगलाघाटमै रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। श्रीमतीको हत्या गरेपछि श्रीमती बिरामी छ भन्दै रित्तो खुट्टा बजारतिर आएका अभियुक्त राजु हाँडेभिरमा विहान चप्पल मागे जंगलमा लुकेको अवस्थामा प्रहरीले सूचना पाएको दुई घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक पौडेलले बताए।

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरिने छ। अभियुक्त विकलाई कर्तव्य ज्यान अन्तरगत अनुसन्धान गरिने छ।

प्रकाशित: १६ वैशाख २०८२ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App