४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

पसलको काउन्टरबाट पैसा चोरी गरी फरार एक पक्राउ

लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित एक किराना तथा खाजा पसलबाट नगद चोरी गरी फरार भएका युवक पक्राउ परेका छन्।

वैशाख १२ गते दिउँसो अन्दाजी १ बजे कोही नभएको मौका छोपी पसलको काउन्टरबाट नगद रकम चोरी भएको खबर प्राप्त भएपछि पाउँदी प्रहरी चौकीबाट टोली खटिएको थियो।

प्रारम्भिक अनुसन्धानमा चोरीपछि एक युवक अटो चढेर फरार भएको खुलेको प्रहरीले जनाएको छ।

हुलियाका आधारमा पिछा गर्दा चोरीमा संलग्न व्यक्ति गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–८ स्थायी घर भई हाल पाउँदी क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय विशाल उपरकोटी रहेको खुलेको हो। प्रहरी टोलीले उनलाई राईनास–३ टिम्मुरेको बासघारी क्षेत्रबाट पक्राउ गरेको छ।

पक्राउ परेका उपरकोटीले चोरी गरेको रकम माटोमा गाडेर लुकाएको अवस्थामा कालो झोलामा राखिएको नगद ६१,५४५ (एकसठ्ठी हजार पाँच सय पैँतालिस रुपैयाँ) सहित बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका उपरकोटीविरुद्ध चोरी मुद्दामा जिल्ला अदालत लमजुङबाट आज ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ वैशाख २०८२ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App