१० पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

स्रोत नखुलेको ७ लाखसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रको विराटनगरबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सीमा क्षेत्र भारतको जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले शुक्रबार दिउँसो स्रोत नखुलेको नेपाली रुपैयाँसहित श्रीवास्तवलाई पक्राउ गरेको हो । जोगबनीबाट को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ स्थित हनुमान मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो ।  

विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागि रोकेर खानतलासी गर्दा श्रीवास्तवको साथबाट ७ लाख रूपैयाँ बरामद भएको डिएसपी जोशीले बताए । श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय थान र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद प्रहरीले जनाएको छ ।  

स्रोत नखुलेको रुपैयाँ र मोटरसाइकलसहित श्रीवास्तवलाई इप्रका रानीमा राखेर थप अनुसन्धान भइरहेको छ । रुपैयाँ कुन प्रयोजनको हो भन्ने खुल्न सकेको छैन । श्रीवास्तवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ । 

प्रकाशित: ५ वैशाख २०८२ १८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App