७ असार २०८२ शनिबार
image/svg+xml
अपराध

भारतबाट मामाघर आएकी बालिका मृत भेटिइन्, हजुरबुवासहित ६ जना पक्राउ

तस्बिर : चुमन बस्नेत/नागरिक

भारतबाट एक महिनाअघि विराटनगरस्थित मामाघर आइकी १४ वर्षीया बालिका चाँदनी यादव मृत भेटिएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित कल्येरवा टोलमा रहेको मामाघरबाट करिब ४० मिटर दक्षिण खेतबारीमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शुक्रबार दिउँसो बालिकाको शव फेला पारेको हो । 

भारत बिहार राज्यको छपरा घर भएकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् । आमासँग आएकी बालिकालाई छरछिमेकीले केही दिनयता नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई बालिका हराएको भन्ने खबर प्राप्त हुनसाथ खोजतलास गर्ने कार्य थालेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भने, ‘छरछिकेकी र स्थानीयसँग सोधखोज गर्दा बालिकालाई आमाले यहाँ नै छाडेर गएको र बालिका केही दिनअघिसम्म घर र बाहिर बस्ने गरी पनि पछिल्लो केही दिनदेखि नदेखेको बताए । मामा घरमा बालिकाबारे सोध्दा आफ्नै घर फर्के बताएका थिए । तर, स्थानीयहरु यस कुरामा विस्वस्त नभएको भनेपछि थप अनुसन्धान थाल्यौं ।’ 

सोधखोजका क्रममा मामाघरका हजुरबुवा सर्जुग मण्डलसहित घरपरिवारले बालिका घर फर्किएको बताए पनि भारतबाट बुवाआमाले मामाघरमै रहेको जानकारी दिएपछि सुक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा हजुरबुवालगायतलाई बालिकाको आमाबुवाको फोन नम्बर माग्दा नदिएपछि हजुरबुवाको मोबायल मागेर हेर्दा भारतीय नम्बरको वास्ट्सअपमा कुराकानी भएको देखेपछि उनीहरुसँग कुरा भएको बताउँदै, डिएसपी जोशीले भने, ‘मामा घर र बुवाआमाको कुरा बाझिएपछि घटना थप शंकास्पद देखियो । केही अपराधिक क्रियाकलाप भएकी भन्ने आशंकामा आज (शुक्रबार) बिहान सर्जुगको घर वरिपरि अनुसन्धान गर्दा घर पछाडि खाली जग्गामा माटोको ढिस्को देख्यौं । ढिस्कोलाई तोरी झारेको बोटले छोपेको थियो । त्यसलाई हटाएर हेर्दा नयाँ माटो देखेपछि थप शंका भएपछि माटो खन्ने क्रममा हल्का खडेको वस्तुको गन्ध आयो । त्यसपछि हामी पक्का भयौं कि बालिकाको शव यहाँ नै छ भनेर ।’

खाल्डोभित्र कपडासहित बालिकाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । शव फुलेको (ढाडिएको) हेर्दा केही दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । कोशी अस्पतालमा शवको पोस्टमार्टम भएको छ । यही नै कारणबाट बालिकाको हत्या भएको हो भन्न नसक्ने बताउँदै, डिएसपी जोशीले भने, ‘सोधपुछ तथा शवको पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै यथार्थ कुरा बाहिर आउँछ । बालिकाको मामाघरका ६ जना परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।’ 

यद्यपि उनीहरुले अपराध आफूहरुले नगरेको प्रारम्भिक बयान दिएका छन् । छपरा घर भएका लालमोहन र राजकुमारी यादवकी एक मात्र मृतक छोरी हुन् भने २ छोरा छन् ।

मृतक बालिकाका दाजु बाबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार भारतमा बालिकाको एक जना केटासँग अफियर (प्रेम) चलेको थाहा पाएपछि आमाले छुटाउनका लागि मामा घर ल्याएकी थिइन् । मामा घरका हजुरबुवा धामीझाँक्री गर्ने भएकाले झारफुक गरेर त्यो सम्बन्ध छुटाउनका लागि यहाँ ल्याइएको बताए । 

प्रकाशित: १८ माघ २०८१ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App