मनोज मानव भनेर चिनिएका युट्युबर मनोज कुमार महतोलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार सम्बन्धी कसुरमा मनोजलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले मनोज पक्राउ गरेको पुष्टि गरे। उनलाई शुक्रबार पक्राउ गरिएको बताए।
जिल्ला अदालत काठमाडौंले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ।
यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।
प्रकाशित: २१ पुस २०८१ १४:४२ आइतबार