जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाकी पाँच वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले शुक्रबार एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय किशोर रहेका इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
घटना ५/६ दिन पहिलाको भएपनि पीडित बालिकाकी अभिभावकले शुक्रबार बिहान जानकारी गराएपछि आरोपित नाबालकलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र अनुसन्धानको क्रममा ती नाबालकले आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ।
पीडित नाबालिका र आरोपित किशोरलाई स्वास्थ्य परीक्षण कलैयामा रहेको कलैया प्रादेशिक अस्पताल गराइएको र स्वास्थ्य परीक्षण रिपोर्टपछि थप कारबाही प्रक्रिया अघि बढ्ने बारा प्रहरीले जनाएको छ।
बिहिबार राती पनि ६ वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट बिहीबार राति ७५ वर्षीया हसन जान मियाँलाई पक्राउ गरेको थियो।
पक्राउ परेका मियाँलाई पनि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: २ आश्विन २०८३ १७:०७ शुक्रबार





