काठमाडौं र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सोमबार १३ जना पक्राउ परेका छन्।प्रहरीले उनीहरूको साथबाट कुल ८७ हजार १ सय २० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट सोमबार दिउँसो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भई हाल सोही ठाउँ बस्ने ४३ वर्षीय दिनेश राउतसमेत ७ जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई नगद २९ हजार २ सय रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-७ जोखरतालस्थित उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेशसमेत ६ जना सोमबार साँझ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९ सय २० रुपैयाँ र १ बुक तास बरामद गरेको छ। दुवै घटनामा पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ मंसिर २०८३ १५:४३ मंगलबार





