सुनसरीको इटहरी उपमहानगरपालिका- भोजपुरे टोलबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति करिब ८ः४० बजे लागूऔषध बिक्री-वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २३ वर्षीय मोहम्मद अफरोज हुसेनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १५.९७ ग्राम र नगद १८ हजार १८० रुपैयाँ बरामद गरेको जनाएको छ।
बरामद लागूऔषध र नगदसहित हुसेनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ आश्विन २०८३ ०९:४६ बिहीबार





