१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
नागरिक भिडियो

शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको तुलनात्मक विश्लेषण गरेका छन्।

उनले थापालाई सोझो तर जनआकर्षण भएका वक्ता तथा शर्मालाई अत्यन्त चतुर, दिमागी र खुराफाती राजनीतिक खेलाडी भएको बताए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले नयाँ पुस्ताको नेतृत्वसँग पार्टी सञ्चालनको स्पष्टता भए-नभएको विषयमा समीक्षा गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन्।

दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’

उनले गगन थापाको स्वभाव भने फरक रहेको बताए। ‘गगन मान्छे सोझो हो। उसले राम्रो भाषण गर्छ, मान्छेलाई आकर्षित गर्न सक्छ, उसका आफ्नै खुबीहरू छन्,’ कोइरालाले अगाडि भने, ‘तर दुई जनालाई तुलना गर्दा दिमागी हिसाबले सार्प विश्व हुन्, गगनचाहिँ सोझो मान्छे हो। राजनीति नै गर्नुपर्‍यो भने विश्वसँग गर्नुपर्छ भन्ने मेरो धारणा हो।’

प्रकाशित: १५ आश्विन २०८३ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App