७ वैशाख २०८१ शुक्रबार
भिडियो

‘तीज साधनाको पराकाष्ठा हो’

धार्मिक संस्कारयुक्त तीज सर्वमान्य छ। तीजका दिन महिलाले गर्ने धार्मिक क्रियाकलापहरु सबैको धार्मिक महत्व उत्तिकै छ। तीजमा लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ।

रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ।

तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहिआएको छ। एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको 'अन्धभक्त' बनाउन खोजेजस्तै देखिन्छ। 'पुरुषभक्त' हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता पनि रहेको छ।

केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन्। साथै महिनौं अघिदेखि दर खाने–खुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ।

प्रकाशित: २७ भाद्र २०७८ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App