७ वैशाख २०८१ शुक्रबार
भिडियो

लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मारमा उपभोक्ता

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मल्य बढाएसँगै सर्वसाधारणले गुनासो गरेका छन् । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि नबित्दै फेरि मूल्य बढाएको हो ।  

यसअघि असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। फेरि निगमले प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको हो ।  

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेर १४ सय २५ रुपैयाँ भएको छ। डिजेल र मटितेलको मूल्य पनि अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ।  

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले नेपालमा पनि मूल्यवृद्धि भएको जनाएको छ ।  

लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ता चरम मारको परेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।  

‘भारतमा मूल्यवृद्धि भयो भन्दैमा नेपालमा पनि मूल्य वृद्धि गर्न पाइँदैन’, उनले नागरिक न्यूजसँग भने,‘रक्सौलबाट प्रतिलिटर ६७ रुपैयाँ मूल्य तिरेर ल्याइन्छ । ढुवानीसहित ६७ रुपैयाँ मात्रै मूल्य पर्न आउँछ । तर उपभोक्ताले १ सय २९ रुपैयाँ तिर्नु परेको छ ।’

केही महिनायता  १५ दिनमै दुई पटक पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको उनले बताए ।  

‘लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले उपभोक्ताको जीवन कष्टकर बनाउँदै लगेको छ’, उनले भने, ‘कोरोना कहरका कारण रोजगारी गुमाएका उपभोक्ता चरम मारमा परेका छन् । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएपछि अन्य उपभोग्य वस्तुको महँगी बढ्नु हो । त्यसैले उपभोक्ता पनि चुप लागेर बस्न हुँदैन ।’

‘६७ रुपैयाँमा किनेर ल्याएको सामनलाई ५० रुपैयाँमा बिक्रि गर्न सक्छु भन्ने दृढइच्छा शक्ति हुनु पर्छ । भारतमा मूल्य बढ्यो यहाँ पनि बढेको भन्न मिल्दैन’, अध्यक्ष बानियाँले थपे ।  

त्यस्तै उनले आयल निगम सञ्चालन अन्तर्गतको सम्बन्धित ऐन कानून नभएको उपभोक्ता मारेको परेको उनको दाबी छ । ‘आयल निगम सम्बन्धी ऐन छैन, यसको लागि कानूनी परामर्श हुनु पथ्र्याे । आयल निगमलाई सञ्चालनका लागि ऐन बन्नु पर्छ’, उनले भने ।

प्रकाशित: २७ असार २०७८ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App