१६ चैत्र २०८० शुक्रबार
भिडियो

अस्तिसम्म मोदीले मलाई हटाउन खोज्यो भन्ने ओली अहिले किन चुप : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिन अघिसम्म मोदीले मलाई हटाउन खोज्यो भन्दै आएका ओली अहिले किन चुप भनेर प्रश्न गरेका छन्। बुधबार नागरिक न्यूजबाट प्रशारित कार्यक्रम नागरिक फ्रन्टलाइनमा बोल्दै डा. कोइरालाले सो प्रश्न गरेका हुन्।

उनले आफू कमजोर भएपछि अन्य छिमेकी देशको जिम्मेवारी देखाउने प्रवृति पनि ओली हाबी भएको बताएका छन्। उनले भने,'छिमेकी राष्ट्रहरुलाई गलत देखाउनु भन्दा आफ्नो गल्तीलाई स्वीकार गर्दै छिमेकी राष्ट्रहरुको  इच्छालाई आत्मसात गर्नु पर्छ र आफू पनि अघि बढ्दै जानु उपयुक्त हुन्छ।'

उनले संविधान 'कोल्याप्स' गर्न त्यति सजिलो नहुने पनि बताएका छन्। यसतै, प्रशंग मोड्दै डा. कोइरालाले भने, 'बाटोमा आन्दोलन गर्दैमा राजतन्त्र फर्कँदैन। बाटोमा जति नै उफ्रे पनि अबका दिनहरुमा राजतन्त्र फर्कन एकदमै मुश्किल छ। हामीले गलत काम गरिरह्यौं भने यस्ता आन्दोलन हुन्छ। गल्ती कमी कमजोरी हामी मै छ। त्यसलाई सबै पार्टीले सुधार गर्न आवश्यक छ।'

डा. कोइरालाले कांग्रेसको महाधिवेशन र निर्वाचन पनि समयमै हुने बताएका छन्। आउँदो निर्वाचनमा आफ्ना नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने ठोकुवा पनि गरे। उनले भने, 'संविधानको कुरा स्वीकार नगर्ने हो भने किन हामीलाई लोकतान्त्रिक पार्टी भन्ने ?' यस्तै, सभापति पदका लागि आफूले पार्टी र साथीहरुसँग सल्लाह गरेर मात्र अघि बढ्ने पनि बताए। उनले भने, 'म सबै साथीहरुको सल्लाह अनुसार नै सभापतिका लागि लड्छु। सभापति पद दिएर होइन, लडेर र कार्यकर्तालाई रिझाएर लिने पद हो।'

यस्तै, उनले प्रधानमन्त्री ओलीले राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गराउँदै वैशाख १७ र २७ गतेलाई घोषणा गरेको चुनाव हुनै पर्नेमा जोड दिएका छन्। उनले भने, 'चुनाव बैसाखमा भएन भने त्यसपछिको अवस्था भयावह हुन्छ। यदि निर्वाचन भएन भने के सरकार अब अध्यादेशबाटै चलाउँदै जाने हो ? यसो गर्दा त जनता सडकमा आइहाल्छन्। त्यसैले चुनाव बैसाखमै हुनु पर्छ।'

उनले काँग्रेस कुनै पनि हालतमा सरकारमा नजाने पनि बताएका छन्। 'विपीले कम्युष्टिसँग मिलेर जानु हुँदैन भन्नु हुन्थ्यो। हामीले हाम्रो पहिचानलाई बचाएर अगाडी बडेर जानु पर्छ' भन्दै उनले भने, 'हामी गरेर देखाउँछौं, हामी सँग युवाहरु छन्। त्यसैले आगामी चुनावमा नेपाली कांग्रेस नै ठूलो पार्टी हुनेछ।' अबको नेपाली कांग्रेस पहिलाको जस्तो पनि नहुनेमा विश्वस्त रहेको डा. कोइरालाले बताएका छन्।

प्रकाशित: ८ पुस २०७७ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App