coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

जिडीपीको एक प्रतिशत अनुसन्धान र आविष्कारमा लगाउँ : महावीर पुन

नेपालले कुल गार्हस्थ उत्पादनको एक प्रतिशत अनुसन्धान र नयाँ आविष्कारमा लगानी गर्नुपर्छः महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालले कुल ग्राहस्थ उत्पादन (जिडीपी)को कम्तीमा एक प्रतिशत नयाँ आविष्कार तथा अनुसन्धानमा लगानी गर्नुपर्ने बताएका छन्।  

‘देशको आथिर्क समृद्धि नवीन खोज तथा नयाँ आविष्कारबाट मात्र सम्भव छ।’ उनले भने,‘नेपाली जनताले चाहेको समृद्ध नेपालको सपना यसबाट मात्र साकार पार्न सकिन्छ।’

नेपाल रिपब्लिक मिडियाको कार्यक्रम ह्यासट्याग २०३० सँगको कुराकानीका क्रममा पुनले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सरकारले नयाँ आविष्कार र नवीन खोजमा लगानी गरेर मात्र साकार पार्न सक्ने बताएका हुन्।

उनका अनुसार सन् २०१२ मा स्थापना भएर औपचारिक रुपमा सन् २०१९ मा उद्घाटन गरिएको केन्द्रबाट भएका आविष्कारहरुमा गैर आवासीय नेपालीहरुले चासो देखाइरहेका छन्।

फरक प्रसंगमा उनले विभिन्न समयमा हुने विज्ञान सम्बन्धी मेला तथा प्रदर्शनीहरु देखावटी मात्र भएको दाबी गरे। ‘यस्ता प्रकृतिले कार्यक्रमले नवीन खोजलाई प्रेरित त गर्छन्, तर यस्ता कार्यक्रमले सँधै देशमा नवीन आविष्कारलाई योगदान गर्छन् भनेर भन्न सकिँदैन।’

उनले राष्ट्रिय आविष्कार केन्द्र नवप्रवर्तनका लागि आधारशिला मात्र भएको बताए। ठूलो परिणामको आविष्कारका लागि उपयुक्त नीति तथा कार्यक्रमको आवश्यक रहेको बताए।

 

 

प्रकाशित: ३ पुस २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App