coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए। ‘कक्षा १२ को परीक्षा हुन्छ। तर पूर्णाङकमा १ सय नै नहुन सक्छ। त्यसमा फेरवदल गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘कुनै पनि विधि अपनाएर परीक्षा गर्छौं।’

उनले वैकल्पिक शिक्षण सिकाइ भनेको अनलाईन माध्यम मात्र नभएको बताए। अनलाईन माध्यममात्र वैकल्पिक पद्ति नभएको उनको भनाई छ। उनले गणितलाई हटाइएको नभएर यसलाई व्यवस्थित बनाइएको बताए। गणित पढ्नैलाई जगबाट नै त्यसमा जोड्ने निती ल्याइएको बताए। गणितलाई पाठ्याक्रमबाट हटाइएको भन्नु भ्रममात्र भएको पोखरेलले बताए।

महामारीको अवस्थामा डा. गोविन्द केसीलाई अनशन नबस्न उनले आग्रह गरे। अनशन नबसी अन्य ढंगबाट पनि मागलाई अघि बढाउन सकिने उनले बताए।

प्रकाशित: २३ आश्विन २०७७ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App