२३ आश्विन २०८१ बुधबार
image/svg+xml
भिडियो

योगेश भट्टराईको प्रश्न- ११ लाख विद्यार्थी कहाँ गए?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले विद्यालय भर्ना भएका विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेको भन्दै त्यसप्रति गम्भीर बन्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद भट्टराईले भने-'सन् २००८ मा कक्षा १ मा भर्ना भएका १३ लाख ३४ हजार विद्यार्थीहरू २०१७ मा एसइई दिँदा ४ लाख ४६ हजार पुगे र २०१९ मा कक्षा १२ को परीक्षा दिनेमा २ लाख ९० हजार छन्। झन्डै ११ लाख विद्यार्थीहरू बेपत्ता छन्। उनीहरू कहाँ छन्?'

विश्वविद्यालयले र शैक्षिक क्षेत्रले आफ्नो साख गुमाउँदै गएको भन्दै सांसद भट्टराईले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ३० जेष्ठ २०७६ १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App