१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

पार्टीले अन्याय गर्‍यो तर जिम्मेवारी छोड्दिनः रन्जित तामाङ

काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्। उनले आँफुलाई फरक जिम्मेवारी दिन समेत माग गरेका छन्। 'एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन,' उनले भने।

बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुको नेतृत्व चयनमा आफूमाथि अन्याय भएको बताएका हुन्। पुर्व माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका रंजित गत हप्ता पार्टी नेतृत्वले गरेको निर्णय प्रति असन्तुष्टि जनाउदै आएका थिए। 'मैले परिवारभन्दा माथि प्रचण्ड मानेको थिएँ, उनकै आदेश मानेको थिएँ। तर ममाथि अन्याय भयो।' उनले भने।

गत बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले अनेरास्ववियुको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए।

पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए।पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने भन्दै उनले नेकपमा त्यसको अभाव भएको जिकिर गरे।  

बिश्वबिद्यालय, कलेज र निजि  शैक्षिक क्षेत्रमा बेथिति बढेको बेला बिधार्थी संगठन कुहिरोको काग बन्दै गरेको बताए। आफू अन्यायमा परेको सबैजनालाइ जानकारी गराएको र अध्यक्ष प्रचण्डले एकतालाई पूर्णता दिन बलिदानी गर्न पर्ने बताएपछि ऐले आफुले नेतृत्वले दिएको जिम्मेवारी नछोड्ने बताए। उनले आफुलाई पटक पटक अन्याय परेको र असन्तुस्ट रहेको बताएका थिए।

प्रकाशित: ८ जेष्ठ २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App