लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबिच आइतबार भएको झडपमा एकको मृत्यु, दुई दर्जनभन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन्।