२१ मंसिर २०८२ आइतबार
image/svg+xml
प्रविधि

एनसेलले भन्योः नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल चल्ने छैनन्

नेपालको टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा दर्ता नभएको सामाजिक सञ्जाल नचल्नेबारे सूचना जारी गरेको छ। बिहीबार सरकारले नेपालमा दर्ता हुन नआएका २६ सामाजिक सञ्जाललाई रोक लगाउने निर्णय गरेसँगै एनसेलले यस्तो सूचना जारी गरेको हो।  

‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं ,’ एनसेलले सूचनामा भनेको छ।  

यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने एनसेलले जनाएको छ।  

प्रकाशित: १९ भाद्र २०८२ १९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App