१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
प्रविधि

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा भदौ २६ सम्म

एनसेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त सेवा भदौ २६ गतेसम्म उपलब्ध हुनेछ।

यसअघि भदौ १० गतेदेखि तीन दिनका लागि निःशुल्क सेवा घोषणा गरेको एनसेलले त्यसपछि अवधि थप गर्दै भदौ १९ गतेसम्म पुर्‍याएको थियो। खोज, उद्धार, राहत तथा प्रभावित नागरिकबीच सहज सञ्चारका लागि सेवा थप गरिएको एनसेलले जनाएको छ।

बाढीका कारण अवरुद्ध भएका एनसेलका २७ मध्ये २५ वटा टावर पुनः सञ्चालनमा आएका छन्। यससँगै ९२ प्रतिशत टावर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। रसुवाको घट्टेखोला–टिमुरेको एक टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तरगया–तिरुको अर्को टावरमा आवश्यक उपकरण पुर्‍याएर सेवा सञ्चालनको प्रयास भइरहेको छ।

एनसेल फाउन्डेसनले बाढी गएको भोलिपल्टै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।

प्रकाशित: १९ भाद्र २०८३ २१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App