२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
प्रविधि

नागरिक एपमा देखिन थाल्यो लाइसेन्स, ट्राफिक जरिवाना र सचेतना कक्षा पनि अब एपबाटै

जेन-जी आन्दोलनपछि अवरुद्ध भएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा नागरिक एपमा पुनः सञ्चालनमा आएको छ।

यससँगै अब प्रयोगकर्ताले आफ्नो ट्राफिक नियम उल्लङ्घन (ट्राफिक जरिवाना) को विवरण हेर्न र अनलाइन ट्राफिक सचेतना कक्षा लिन सक्ने भएका छन्।

यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि नागरिक एपबाट यो सेवा हटेको थियो। विभागका अनुसार आइतबारदेखि ‘ईडीएलभीआरएस’ सर्भर आंशिक रूपमा सञ्चालनमा आएसँगै नागरिक एपमा पनि सेवा पुनः सुरु गरिएको हो।

नागरिक एपले जारी गरेको सूचना अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरेका चालकहरूले लिनुपर्ने सचेतना कक्षा पनि एपबाटै अनलाइन लिन सक्नेछन्। साथै, आफ्नो लाइसेन्समा कुनै जरिवाना बाँकी भए नभएको विवरण पनि हेर्न सकिनेछ।

एपमा आफ्नो सवारीचालक अनुमतिपत्र नदेखिएको खण्डमा एपलाई पूर्ण रूपमा बन्द गरी पुनः खोल्न (App Restart) गर्न नागरिक एपले आग्रह गरेको छ।

विभागले लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ जस्ता सेवाहरू पनि सुचारु भएको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ २०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App