भिडियो आफै चल्न थाल्दा कतिपय पटक तपाइको इन्टरनेट डाटा सकिएको पनि होला? अटोप्ले हुने भिडियोमा कि विज्ञापन हुने गर्छ या त्यो समय ट्रेन्डमा भएको भिडियो प्ले हुने गर्छ।

अटोप्ले रोक्न के गर्ने ? तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हो भने फेसवुक ऐप लगइन गरेपछि दाहिने तर्फ स्क्रिनको माथि देखिने तीन लाईनमा क्लिक गर्नुहोस्। यहाँ लिंक टु योर फ्रोफाइल पेज, फ्रेन्डस, इभेन्टस जस्ता विकल्प देखिने छन्। तपाई 'हेल्प एन्ड सेटिङस्' मा पुगेर 'ऐप सेटिङस्' चुन्नुहोस्। यस पछि तपाईलाई जनरल सेटिङमा जानुपर्छ। यहाँ भिडियो अटोप्लेको विकल्प पाउनुहुनेछ। त्यहाँ तीन विकल्प हुने छन्। 'अन' 'वाई-फाई अनली' र 'अफ' तपाईले अन्तिम विकल्प रोज्नु होस्। यदी वाई-फाई अनली रोज्नु भयो भने मोवाइलमा डाटाको माध्यमबाट नेट चलाउन सकिँदैन। आइफोनका प्रयोगकर्ताले पनि यसै गरी अटोप्लेलाई रोक्न सक्छन्।
प्रकाशित: १५ असार २०७२ ०४:४२ मंगलबार





