३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

थ्री–डी रोबोट प्रिन्टरले अब हावामा बनाउँछ पुल(भिडियो)

एमस्टर्डम– नेदरल्याण्डको एक थ्री–डी प्रिन्टिगं कम्पनीले यस्तो रोबोटीक थ्री–डी प्रिन्टर बनाएको छ की जसले हावामा ठोस आकृति खिचेर कुनै पनि ठोस वस्तु बनाउन सक्ने क्षमता राख्छ।


यस्तो रोबोटिक प्रिन्टर बनाउने उक्त कम्पनीले आफ्नो रोबोटिक प्रिन्टरको पहिलो प्रयोग शहरको एक नहरमाथि पुल बनाउने छ। कम्पनीका अनुसार निकै कम खर्च र लगानीमा उक्त कम्पनीले विकास गरेको प्रविधि(रोबोटिक प्रिन्टर)ले सुन्दर र वास्तविक झै लाग्ने थ्री–डी वस्तु तयार गर्न सकिन्छ।

कम्पनीका अनुसार उक्त पुल शहरको यस्तो विशेष ठाउँमा बनाइने छ कि जसलाई देखेरै मानिसहरुले नयाँ र यो नौलो प्रविधिका बारेमा स्पष्ट जानकारी र विश्वास दिनेछ। उक्त प्रयोगबाट रोबोट, सफ्टवेर इञ्जिनियर तथा डिजाइनरले विज्ञान प्रविधिमा केसम्म पनि गर्न सक्छन् भन्ने विषयमा मानिसहरुले स्पष्ट जान्ने मौका पाउने कम्पनीको विश्वास छ।

रोबोट प्रिन्टले बनाउने उक्त धातुको पुलको डिजाइन डिजाइनर जोरिस लारम्यान तथा उनको टिमका प्राविधिकहरुले मिलेर बनाउने छन्। यसमा तरल धातुको स–साना टुक्राहरुलाई जोडिने बताइएको छ। त्यसपछि फलामे छड जोडेर प्रिन्टरलाई आकृति तयार गर्न लगाइन्छ।

यो थ्रीडी प्रिन्टिगं पुल परियोजना आउँदो डिसेम्बर महिनाबाट शुरु गर्ने कम्पनीले बताएको छ।

भिडियो

प्रकाशित: ७ असार २०७२ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App