बाथरुम र कारमा सेल्फी
अनुसन्धानमा धेरै युवतीहरुले बाथरुममा सेल्फी खिच्ने गरेको पाइएको छ । बाथरुम गएको बेला विभिन्न पोजिसनमा सेल्फी खिच्ने गरेको उनीहरुले बताएका छन् । यात्रा गर्दा कार र काम गर्दा अफिसमै समेत सेल्फी लिने गरेको अनुसन्धानमा उल्लेख छ । १० मध्ये एक युवतीले यस्ता सेल्फी खिच्ने र ती तस्बिरहरु आफ्नो स्मार्टफोन र कम्प्युटरमा सजाएर राख्ने गरेको पाइएको छ । २८ प्रतिशत युवतीले भने हप्तामा कम्तिमा एकपटक सेल्फी लिने गरेको बताइन् ।
सेल्फीले मुड चेन्च
अनुसन्धानमा सहभागी ५० प्रतिशतभन्दा धेरै युवतीले राम्रो सेल्फीले मन प्रसन्न हुने बताएका छन् । त्यसबेला खराब मुड एकाएक राम्रो हुने गरेको अनुसन्धानमा उल्लेख छ । करिब २२ प्रतिशत युवतीले समाजिक सञ्जालमा अपलोड गरिएको सेल्फी तस्बिरले धेरै 'लाइक' पाउँदा उत्साह बढेको र सेल्फी खिच्न आकर्षित गरेको बताएका छन् ।
सेल्फी स्टिमको शिकार
बेलायती वेवसाइट फिलिंगयुनिकले गरेको सो अनुसन्धानमा युवाहरुमा सेल्फी खिच्ने ट्रेन्ड निकै बढेको बताइएको छ । जसले युवाहरु सेल्फी स्टिमको शिकार बनेका छन् । अनुसन्धानमा संलग्न न्युबी हैंड्सका अनुसार सेल्फीले भरिएको इन्स्टाग्रामको फिडले मेकअप टिप्सदेखि फिटनेशबारे सुझाव आइने गरेको छ ।
लाइक नपाउँदा तस्बिर डिलिट
करिब २७ प्रशित युवतीले समाजिक सञ्जालमा राखिएको तस्बिरले पर्याप्त लाइक नपाउँदा केही मिनेटमै तस्बिर डिलिट गर्ने गरेको बताएका छन् । युवतीहरुले खिचेका आफ्नो सेल्फीमध्ये राम्रो तस्बिरलाई कम्तिमा दुई समाजिक सञ्जालमा अपलोड गर्ने गरेको सहभागी युवतीहरुले बताएका छन् ।
प्रकाशित: १९ जेष्ठ २०७२ ०७:०३ मंगलबार





