१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

क्यान्डी क्रसले हैरान हुनुहुन्छ? यसो गर्नुस्!

न्युयोर्क- क्यान्डी क्रसको नोटिफिकेशनले हैरान हुनुहुन्छ? त्यसो हो भने तपाईँका लागि फेसबुकले खुसीको खबर ल्याएको छ। फेसबुकलले त्यस्ता रिक्वेस्ट र रिमान्डरलाई ब्लसक गर्ने फिचर ल्याएको छ।


फेसबुक प्रयोगकर्ताले क्यान्डी क्रसको नोटिफिकेशनले आजीत भएको भन्दै गुनासो गरेपछि फेसबुकले यसबाट छुटकारा पाउने विधिको विकास गरेको हो। जसको माध्यमबाट प्रयोगकर्ता चयनले फेसबुक प्रयोग गर्न सक्नेछन्।

यसका लागि फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक खाताको सेटिङ मिलाउनुपर्ने हुन्छक। प्रयोगकर्ताले सेटिङमा दिइएको 'ब्लकिङ' अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि आउने 'ब्लक एप इनभाइट्स'मा क्लिक गर्नुपर्छ। यो अप्सनपछि यस्ता रिक्वेस्ट पठाउने साथीहरुको नाम टाइप गर्नुपर्ने हुन्छ। उनीहरुको नाम सेलेक्ट गरेपछि ती ब्यक्तिहरुले कुनै पनि प्रकारका रिक्वेस्ट पठाउन सक्ने छैनन्।

यो सेटिङलाई प्रयोग गरेर त्यस्ता साथीलाई सधैंका लागि ब्लकसमेत गर्न सकिन्छ।

प्रकाशित: २७ वैशाख २०७२ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App