२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुक म्यासेन्जर अब वेबमा

न्युयोर्क-के तपाईँ वेबमार्फत च्याट अथवा म्यासेज गरिरहँदा फिड वा नोटिफिकेसनले हैरान हुनुभएको छ? यदि छ भने अब फेसबुकले ल्याएको छ वेब म्यासेन्जर। यसबाट तपाईँ मोबाइलको म्यासेन्जरमा जस्तै छुट्टै च्याट गर्न सक्नुहुन्छ।

messenger2-web

त्यसका लागि कुनै ब्राउजरमा गएर म्यासेन्जर डटकम टाइप गरेर खोल्न सकिने छ। अहिले यो सुविधा अग्रेंजी माध्यमका फेसबुक प्रयोगकर्तालाई मात्र ल्याइएको छ। अन्य भाषाको लागि पनि छिट्टै यो सुविधा ल्याउने कम्पनीले जनाएको छ।

फेसबुक डटकममार्फत पनि म्यासेज वा च्याट गर्न भने सकिनेछ। तर, म्यासेन्जर डटकमले बढी म्यासेजिङमा व्यस्त प्रयोगकर्तालाई फाइदा हुने विश्लेषण गरिएको छ। कम्पनीका अनुसार ‘यो डेक्स्टपमार्फत म्यासेजिङ र च्याट मात्र गर्न चाहनेलाई लक्षित छ। यो मोबाइलमा प्रयोग गरिने म्यासेन्जर एप जस्तै हो।’

प्रकाशित: २६ चैत्र २०७१ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App