२२ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

ह्वाट्स एपले सम्वन्ध विच्छेद

एजेन्सी–कुनै जमाना थियो, जतिबेला मानिस ढोल बजाएर संचारको आदान प्रदान गर्थे। समाज विकासक्रमसँगै विज्ञानले गरेको चमत्कारले सूचना संचारलाई सहज बनाइदिएको छ। आज भोली मोवाइ एप्सहरुले सूचनालाई झन् सहज बनाइदिएका छन्।
आज भोली निकै लोकप्रिय बन्दै गरेको ह्वाट्सएप त्यसैको उदाहरण हो। ह्वाट्सएपमा पछिल्लो समयमा मानिसहरु कुनै न कुनै रुपमा जोडिएका हुन्छन्। प्रेमी–प्रेमिका, नातेदारसँग सम्पर्कको सजिलो माध्यम भएको छ यो एप। तर, सबै प्रविधिको सकारात्मक कुरामात्र हुँदैन। विशेष गरेर युवा पुस्तामाझ लोकप्रिय बनेको ह्वाट्सएप श्रीमान श्रीमतिबीच सम्बन्ध विच्छेदको कारण पनि बन्न थालेको छ। पश्चिमा देशहरुमा ह्वाट्सएपको प्रयोगकर्ता बढीभएसँगै सम्बन्ध विच्छेदका घटनामा पनि बृद्धि आएको छ। इटालीका वरिष्ठ कानुनविदका अनुसार इटलीमा ह्वाट्सएपका कारण सम्बन्ध विच्छेदका घटना उल्लेख्य रुपमा बढेका छन्।
इटालीमा भएका सम्बन्ध विच्छेदका घटनामध्ये ४० प्रतिशत ह्वाट्सएपका कारण भएका छन्। 'इटलियन एसोसिएशन अफ मेटि्रमोलियल लयर्स' का अध्यक्ष जियन एटोरी गसानीले ह्वाट्सएप जस्ता सोशल मिडियाका कारण इटलीमा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको बताए। केही वर्ष पहिलासम्म मानिसहरु आफ्नो साथीलाई धोका दिनलाई एसएमएसको प्रयोग गर्थे। तर, अहिले फेसबुक र ह्वाट्सएपको प्रयोग हुन थालेको छ।
गसानीका अनुसार प्रेमी प्रेमिका ह्वाट्सएपको सहयोगले आफ्नो निजी कुरा एक आपसमा साटासाट गर्छन। यो सोशल मिडियाको प्रयोग धेरै सम्बन्ध स्थापित गर्न गरिन्छ। प्रेमी आफ्नो पार्टनरलाई धोका दिएर अन्य मानिससँग ह्वाट्सएप मार्फत सम्बन्ध राख्छन, जुनकुरा आफ्नो प्रेमीलाई थाहै हुँदैन। ह्वाट्सएप इटलीमा निकै लोकप्रिय मेसेजिङ एप हो। २०१२ मा भएको एक सर्वेक्षण अनुसार मेसेसजिङ बजारको ८८ प्रतिशत हिस्सा ह्वाट्सएपको कब्जामा छ।

प्रकाशित: १ मंसिर २०७१ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App