यस बर्ष यो प्रमाणित भएको कि जसले राम्रो फिचर दिन सक्छन् तिनै कम्पनी बजारमा जम्छन्। कुनै स्मार्टफोन बजारमा 'हिट' हुन चाहन्छ भने उसले फिचर उत्कृष्ट बनाउनै पर्छ।
आइफोनले यस बर्ष ल्याएको नयाँ मोडल 6S प्लसले मानिसहरुलाई 'दिवाना' बनायो। उसको १४ घण्टाको टकटाइम भएको व्याट्रीले पनि यसको प्रियता बढायो। फोटो स्टोर गर्ने नयाँ प्रविधिका कारण पनि यसले ग्राहकको मन जित्यो। आइफोनको क्यामेराले पनि धेरैलाई तान्यो।
तर यसको महंगो मूल्यका कारण आर्थिक अवस्था राम्रो भएकाहरु पनि नाक खुम्च्याउन बाध्य भए। मूल्यकै कारण यसको विक्रीमा कमि आएको रिपोर्टहरुले बताएका छन्।
सामसङ ग्यालेक्सी नोट 5 पनि प्रयोगकर्ताबीच लोकप्रिय रह्यो। कम्पनीले यसमा यस्तो सफ्टवेयर दिएको छ र जसमा यस्ता फिचर छन् जुन अरु स्मार्टफोनमा छैनन्। यसको एस पेनलाई प्रयोगकर्ताले मन पराए।
तर एन्ड्रोइड अपरेटिङ सिस्टममा आफ्नो सफ्टवयर थपेका कारण सामसङले चीनमा ग्राहक र अदालतको चुनौती सामना गर्नुपर्यो। यसका बावजुत पनि सामसङ यो बर्षको उत्कृष्ट फोन थियो।
ब्ल्याकवेरीको पहिलो एन्ड्रोइड अपरेटिङ सिस्टम भएको स्मार्ट फोन प्रति उपभोक्ताको मिश्रीत प्रतिक्रिया थियो। यसमा ब्ल्याकवेरीको परिचित किवोर्ड थियो।
एन्ड्रोइडको एप, ब्ल्याकवेरीको सिक्योरिटी र किवोर्डको मेल उत्कृष्ट थियो। जो मानिस ब्ल्याकवेरी छोडेर एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्न थाल्दै छन् उनिहरुका लागि यो विकल्प हुन सक्छ।
तर ८० हजार भन्दा बढी मूल्यको यो फोन महंगो भएको गुनासो ग्राहकले गरे। त्यहि मूल्यमा एप्पलको आइफोन किन्न सकिन्थ्यो। मानिसहरुलाई एप्पलको फोन ब्ल्याकवेरी भन्दा राम्रो छ भन्ने लाग्ने गरेको छ।
वन प्लस ब्रान्ड पनि यस बर्ष ग्राहकको मन जित्ने स्मार्ट फोनमा पर्छ। यसका उत्कृष्ट फिचरले यसको लोकप्रियता बढ्यो।
यो बर्ष सवैभन्दा धेरै चर्चामा वन प्लस 2 स्मार्टफोन रह्यो। यो फोन किन्नेले शुरुमा यसको प्रोसेसर स्न्यापड्रागनको कारण केहि समस्या भोग्नु पर्यो।
कम्पनीले यो समस्या समाधान गरेपछि यसको प्रियता बढेर गयो। सेल्फीमा रम्नेहरु यसको १२ मेगापिक्सलको क्यामराको प्रशंसक रहे। मेटल फ्रेम रहेको यो फोनमा धेरै फिचर प्राप्त भए जो सामसङ S5 को आधि मूल्यमा।
क्यामरा फोनको नाम लिने हो भने यो बर्ष फिचरका कारण चर्चित रह्यो LG को G4। एन्ड्रोइड ५.१ मा चल्ने यो स्मार्टफोनको १६ मेगापिक्सल भएको क्यामेरा, साडे पाँच इन्चको स्क्रिन उत्कृष्ट थिए। सेल्फिमा रम्नेहरुले त यसलाई मन पराए तर अरुमा त्यति जम्न सकेन। यसको छिटो सकिने ब्याट्रिले समस्या दियो।

प्रकाशित: १३ पुस २०७२ ०३:५९ सोमबार




-600x400.jpg)
