२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

जियोनीको बजेट मोडेल आउँदै

काठमाडौं- जियोनीले चाँडै नयाँ बजेट स्मार्टफोन 'जियोनी पायोनियर पिटुएम' नेपाली बजारमा ल्याउने भएको छ। डुअल सिम र ४ इन्चको डब्लु भिजिए स्त्रि्कन भएको पायोनियर पिटुएम हातमा सजिलै अट्ने कम्प्याक्ट डिजाइनमा उपलब्ध छ।अरु मोडेलको तुलनामा जियोनीको यो मोडेलमा धेरै फिचरहरु रहेको कम्पनीको दाबी छ। यसमा ३ हजार एमएएचको ठूलो ब्याट्री रहेको छ। यो मूल्यमा पाईने सबैभन्दा ठूलो ब्याट्री हो। फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ। फोनमा पनि १६ जिबी इन्टरनल स्टोरेज क्यापासिटी रहेको छ। मेमोरी कार्डको माध्यमबाट अझ ३२ जिबी मेमोरी यो फोनमा थप्न सकिनेछ।

यसमा १.३ गिगाहर्जको क्वाड कोर सी पियु र एक जिबी र्यााम रहेको छ। यसमा ५ मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ। यो मोडेलमा आन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिस्टम रहेको छ र कमिलियन जस्ता जियोनिकै एक्सक्लुसिभ एप पनि यसमा हुनेछ। तीन रंग- कालो, सेतो र सुनौलोमा उपलब्ध यो फोनको मूल्य ९ हजार ९ सय ९९ तोकिएको छ।

प्रकाशित: ६ श्रावण २०७२ २०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App