यो नयाँ एप एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ।
नेपालको अनलाइन क्षेत्रमा मोबाइलको बिक्रीका लागि अग्रणी मानिएको केमुले स्मार्टफोन प्रयोगकर्ता बढ्दै जाँदा गत वर्ष एन्ड्रोइड एप सार्वजनिक गरेको थियो। स्मार्टफोन प्रयोकर्ताबाट प्रभावित उसले 'प्रयोगकर्ताहरुको अँौंलामा किनमेलको अनुभव प्रदान गर्ने' दाबी गरेको छ।
'केमु आइओएस एपको उद्देश्य संकुचित खरीद प्रक्रियालाई सहज प्रविधिमा आधारित एवं संगठित रुपमा रुपान्तरित गर्नु रहेको छ', केमुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'केमु आइओएस एप नेपालमा अनलाइन कारोबारलाई सहज बनाउने गरी निर्माण गरिएको छ।'
एपका नयाँ विशेषताले बिक्रेताहरुलाई बिक्रीका लागि राखिएका उत्पादनहरुको तालिका बनाउन सजिलो पार्ने र खरिदकर्ताहरुलाई ती बृहत सूचीबाट आफूलाई आवश्यक उत्पादन छान्न सहज हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०७२ ०६:०५ सोमबार





