२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

हुवावेका सस्ता फोन आए

काठमाडौं- हुवावेले सस्तो स्मार्टफोन बजारमा ल्याएको छ। हुवावेले बजारमा वाई फाइभ सी, वाई थ्रीसी स्मार्टफोन ल्याएको छ। बजेट मूल्यमा उपलब्ध हुने यी नयाँ स्मार्टफोनहरुको गुणस्तर र कार्यक्षमता भने प्रिमियम स्मार्टफोनकै हाराहारीको रहेको हुवावे मोबाइलका न्युरोडका लागि आधिकारीक बिक्रेता टेलिटूका निर्देशक रोशन बिष्टले जानकारी दिए।हुवावेले ल्याएको नयाँ स्मार्टफोन वाई फाइभ सीमा ४.५ इन्चको डिस्प्ले राखिएको छ। यसमा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ। हुवावे वाई फाइभ सी स्मार्टफोनमा १ जिबीको र्याडम तथा ८ जिबीको आन्तरिक स्टोरेज उपलब्ध छ।

यो फोनमा दुईवटा एलइडी फ्ल्याससहितको ८ मेगापिक्सेलको क्यामरा तथा २ मेगापिक्सेलको क्यामरा राखिएको छ। हुवावेले वाई थ्रीसी पनि बजारमा ल्याएको छ। यो स्मार्टफोनमा ४ इन्चको डिस्प्ले राखिएको छ भने १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ। स्मार्टफोनमा ५१२ एमबीका र्यारम तथा ४ जिबीको आन्तरिक स्टोरेज राखिएको छ।

स्मार्टफोनहरुको मूल्य क्रमश ९ हजार ९ सय ९९ रुपैयाँ तथा ७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७२ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App