२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

भाइबरबाट एचडी भिडियो कल

विभिन्न अपरेटिङ सिस्टममा आफूलाई आक्रमक रुपमा कम्पाटेबल बनाउँदै गएको फोनकल तथा टेक्स मसेज एप भाइबरले नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। क्रोम ओएस नामको यो भर्सनले सबै क्रोमबुक्स भर्सनमा काम गर्नेछ।

 

पछिल्लो समयमा गुगलको क्रोमबाट भाइबर चलाउनेहरु बढ्दै गएको पाएपछि भाइबरले क्रोम भर्सन ल्याएको हो। यसबाट युजरले एचडी भिडियो कल, भोइस कल तथा भाइबारबाट मोबाइल तथा ल्यान्डलाइनमा फोन गर्न सक्ने कम्पनीले जनाएको छ। क्रोम भर्सनमा फोटो तथा टेक्स मेसेज सेवाहरु पनि यथावत राखिएको छ।

भाइबरबाट विश्वका सबै मुलुकहरुमा थोरै पैसामा फोन गर्ने सुविधा उपलब्ध छ। स्मार्टफोन, ट्याब वा डेस्कटपबाट अर्को भाइबर अकाउन्टमा निःशुल्क फोन गर्न पनि सकिन्छ। मेसेज तथा फोटो सेयरिङका लागि पछिल्लो समय भाइबरको प्रयोग बढ्दो छ।

viber

यसरी इन्स्टल गर्नुहोस् क्रोमबक्स
१. क्रोम वेब स्टोरमा गएर 'अभाइलेबल अन क्रोम' फर भाइबरमा क्लिक गर्नुहोस्
२. एप डाउनलोड गर्नोस् र त्यसमा दिइएको निर्देशन फलो गर्नुहोस्
३. क्रोममा भाइबर इन्स्टल गर्न तपाइँसँग भाइबरको सक्रिय अकाउन्ट र फोन नम्बर आवश्यक पर्नेछ। निर्देशनअनुसार सो टाइप गर्नोस्
४. कन्टिन्यु बटममा थिच्नोस्, आफूले पाएको एक्टिभेसन कोड हान्नोस्। इन्स्टल भइसकेपछि एपबाट एचडी भडियो तथा फोन कल गर्न सक्नुहुनेछ।

प्रकाशित: २७ असार २०७२ ००:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App