२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

अपराध नियन्त्रण गर्न पुलिसले ल्यायो एन्ड्रोइड र आइओएस एप

काठमाडौं– नेपाल प्रहरीले अपराध नियन्त्रण गर्न मोबाइल एप निर्माण गरेको छ। एन्ड्रोइड र आइएसओ अपरेटिङ सिस्टमका लागि प्रहरीले 'हाम्रो पुलिस' एप निर्माण गरेको हो। एपलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले आइतबारबाट सञ्चालनमा ल्याएको हो।

प्रहरी एपमा तस्विर सहित अपराधिक घटनाबारे जानकारी दिने, व्यक्तिगत गुनासो, उजुरी र प्रहरीलाई सुझवा दिने,  नजिकैको प्रहरी कार्यालय थाहा पाउने, सुरक्षासँग सम्बन्धित एसएमएस अलर्टको सुविधा रहेका छन्। प्रहरीका सार्वजनिक सूचनाहरु पनि एपबाटै जानकारी पाउन सकिनेछ।

nepal police

आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले नागरिकसँग नजिक हुन र प्रहरीलाई प्रविधिमैत्री बनाउन एप निर्माण गरिएको जानकारी दिए। 'एपबाट आउने सूचना लिइ तत्काल सो अनुसार कार्य गर्न विशेष डेस्क नै बनाएका छौं', उलने भने, 'तीन वटा डेस्कले सूचना संकलन गर्नेछ भने एउटा डेस्कले आएको सूचना सम्प्रेषण गर्नेछ।'

अपराधिक गतिविधि सम्बन्धी जानकारी दिने एप प्रयोगकर्ताको गोपनियता पूर्ण सुरक्षित हुने प्रबन्ध गरिएको उनले बताए।

'परीक्षणको रुपमा यो अहिले काठमाडौं उपत्यकाभित्रका लागि मात्र सार्वजनिक गरेका हौं', नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमल सिंह बमले नागरिकन्युजसँग भने, 'छिटै हामी देशभरिकै लागि एप सञ्चालनमा ल्याउँदैछौं।'

स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा पछिल्लो समयमा प्रहरीले आफ्नो सेवालाई डिजिटलाइज्ड बनाउँदै लगेको छ। वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल प्रहरी फेसबुक र ट्विटरमा आएको थियो।

प्रकाशित: २० असार २०७२ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App