१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सौर्य ऊर्जाको जानकारी मोबाइलमा

काठमाडौं– सौर्य ऊर्जा जडान गर्न लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्तहुने स्थललगायत सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण जानकारी मोबाइलमा आउने भएको छ।  वैकपिल्क ऊर्जा प्रवर्द्धन केन्द्र, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमले संयुक्तरूपमा ‘नेपाल सोलार क्याल्कुलेटर' नामक ‘मोबाइलएप'बनाएको छ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को विश्व वातावरण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप बनाइएको हो।
उक्त मोबाइल एपमा उपभोक्तादेखि सौर्य ऊर्जाको क्षेत्रमा लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका इन्जिनियरलाई समेत उपयोगी हुने विश्वास ग्रामीण जीविकोपार्जन नवीकरणीय ऊर्जा कार्यक्रमले गरेको छ।
एपमा कुन क्षमताको सौर्य ऊर्जा जडान गर्ने हो, त्यसको लागत, कुन–कुन स्थानमा सौर्य ऊर्जाका उपकरण एवम् सामग्री पाइन्छ, सरकारबाट प्राप्तहुने अनुदान जस्ता सूचना उपलब्ध छन्। एन्ड्रोइड मोबाइल फोनको प्ले स्टोरमा गएर नेपाल सोलार क्याल्कुलेटर डाउनलोड गरेर सहज ढंगले सूचना प्राप्त गर्न सकिने ग्रामीण विकासका लागि नवीकरणीय ऊर्जा कार्यक्रममा सौर्य ऊर्जाविज्ञ जीवनकुमार मल्लिकले बताए। रासस

प्रकाशित: १९ चैत्र २०७१ २१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App