काठमाडौं-माइक्रोम्याक्स मोबाइल फोनले नेपाली ग्राहकका लागि नयाँ ट्याब ‘माइक्रोम्याक्स ट्याव पी ६६६' बजारमा ल्याएको छ। भारतमा उत्पादन भएको यो ट्याब सबैभन्दा किफायती मध्येमा पर्छ।कम्पनीका अनुसार नयाँ ट्यावमा ८ इन्चको मल्टी टच डिस्प्ले छ। यसमा भएको अटो प्रोसेसरले सबै एप्लिकेसनहरु पहिलेभन्दा छिटो र सरल रुपमा चल्छन्। यसमा इन्टरनेट पनिछिटो चल्छ।
यस्तै यसमा अटोफोकस भएको ५ मेगापिक्सलको क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामरा पनि छ। फ्रन्ट क्यामराबाट सजिलै भिडियो कल पनि गर्न सकिन्छ।
यो ट्याबको मूल्य १९ हजार ४ सय ७० तोकिएको छ।
प्रकाशित: १८ चैत्र २०७१ २१:३१ बुधबार