१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सिटिसी मलमा सामसङ मोबाइल एक्सपो हुँदै

काठमाडौं-राजधानीको सुन्धारास्थित सिटिसी मलमा चैत २७ देखि सामसङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो २०१५ हुने भएको छ। ‘नझुक्याउने पक्का पर्ने' ग्रान्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोको मुख्य आयोजक सिटिसी मोबाईल बजार हो।यस एक्स्पोको मुख्य प्रायोजक सामसङ मोबाइल रहेको छ। माइक्रोम्याक्स, कलर्स र जियोनीले यसलाई सह–प्रायोजन गरेका छन्। एक्स्पोको गोल्ड स्पोन्सर हुवावे मोबाइल रहेको छ्। ब्रोन्ज स्पोन्सरका लागि इन्टेक्स मोबाइल, आर्क मोबाइल, रेज मोबाइल र बिक्यु मोबाइलले साथ दिएका छन्। मोबाइल मेलाको को—स्पोन्सरमा स्पाइस, सोनी, पानासोनिक, कार्बन, विनकम फ्लाई, भिडियोकोन, डाइमन्ड मोबाइल न्।  मोबाइल मेलालाई बर्ड र सेल्कन मोबाइलले सहयोग गरेका छन्।
अहिले सम्म सबैभन्दा बढी मोबाइल कम्पनीहरुले प्रायोजनमा साथ दिएका कारण मेलाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सिटिसी मोबाइल बजारले जनाएको छ। निःशुल्क प्रवेशको व्यवस्था गरेको यो मोबाइल एक्सपो चैत २७ देखि नयाँ वर्षको पहिलो हप्ताभर चल्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए। हरेक घण्टामा क्यासब्याक अफरमार्फत ५५ प्रतिशत सम्मको छुट अफर, हरेक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुटको व्यवस्था स्क्र्याच कार्डमार्फत दिइने तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत वितरण गरिने , एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रवेशसँगै लक्की ड्र मा समावेश गराइने व्यवस्था मिलाइएको छ।
एसएलसी दिएर बसेका बिद्यार्थीहरुले परीक्षाको प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने छ। मेला अवधिभर सिटिसी मलमा पार्किङको निःशुल्क व्यवस्था गरिएको छ।
अहिलेसम्मकै मोबाइल मेलाहरु मध्ये सबैभन्दा बढी उपहार तथा अफर रहेको यो एक्स्पोमा ३ लाखभन्दा बढी अवलोकनकर्ता आउने विश्वास मोबाइल बजारले लिएको छ।
सिटिसी मलको तेस्रो, चौथो र पाँचौ तल्लामा खुलेको सिटिसी मोबाइल बजारको ग्रान्ड ओपनिङको अवसर पारी गर्न लागेको यस सामसङ मोबाइल एक्स्पो २०७१ मा १०० भन्दा बढी मोबाइल स्टल, फुडकोर्ट, ग्येमिङ जोन, बच्चाहरुलाई मनोरञ्जन गर्ने जोन र टच एन्ड फिलजोन पनि राखिने मोबाइल बजारले जानकारी दिएको छ।
मेला अवधिभर नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेट तथा विभिन्न एसेसरिजको कारोबार गरिने छ। मोबाइल क्षेत्रमा ख्याती कमाएका व्यवसायीमार्फत यस मोबाइल बजारमा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री वितरण हुने छन्।

प्रकाशित: १७ चैत्र २०७१ २२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App