उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति विकासमा योगदान पुर्यािउने उद्देश्य अनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
एनसेलले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि यसै वर्ष छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको हो।
‘एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट विद्यार्थीलाई आर्थिक व्यवस्थापनभन्दा पढाईमा बढी ध्यान दिन मद्दत गर्ने, तथा एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर सुरु गर्न हौस्याउने उद्देश्य लिएको छ,' टाईलानलरले भने।
यो पुरस्कार विद्यार्थीहरुको वार्षिक परिक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो।
छात्रवृत्तिअन्तर्गत गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, र कम्प्युटर इन्जिनियरिङका उत्कृष्ट विद्यार्थी र यी तीनै संकायका छात्राहरु मध्येबाट एक उत्कृष्ट छात्रा गरी प्रत्येक ब्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्ति प्राप्त गरेका हुन्।
उत्कृष्टता पुरस्कारअन्तर्गत सर्वोउत्कृष्ट नतिजा सहित इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर इन्जिनियरिङको पढाइ सकाएका वद्यार्थी तथा तिनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी छात्राले पाउँदै आएका छन्। यस वर्ष यी तीन संकायका दुई छात्राले बराबर स्कोर ल्याएर टप गरेकाले छात्रातर्फको उत्कृष्ट सम्मान संयुक्तरुपमा ग्रहण गरेका छन्।
एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। जसमा कर्णालीका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्रालाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ।
यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १४ वटा विद्यालयहरुमा ई—पुस्तकालय र ४३ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ। जसबाट पच्चिस हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिई रहेका छन्।
एनसेलले हाल सम्म शिक्षाको क्षेत्रमा करिब ७ करोड ५० लाख सहयोग गरेको छ।
प्रकाशित: १६ चैत्र २०७१ २२:१० सोमबार





