२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

आइफोनबाट सेल्फी खिच्ने प्रहरी फन्दामा

अमेरिका- सेल्फी खिचेरै प्रहरी फन्दामा परेको खबर सुन्दा अचम्म लाग्न सक्छ। तर अमेरिकामा यस्तै घटना भएको छ। अमेरिकाको डेनवरमा चोरीको आइफोनबाट सेल्फी खिच्ने एक युवती प्रहरी फन्दामा परेकी हुन्। सेल्फी खिच्ने बितिकै उक्त तस्बिर आइफोन मालिकको फेसबुकमा 'अटोमेटिक' अपलोड भएपछि ती युवतीलाई प्रहरीले प्रकेको हो।
प्रहरीले उक्त सेल्फी तस्बिरमा भएकी १७ वर्षीया युवतीलाई सबैतिर खोजतलास गरेको थियो। पछि युवतीको ममीले चाल पाएपछि उक्त आइफोन असली मालिकलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ।
आइफोनका मालिक २३ वर्षीया राली बिंघमले मार्च २१ मा एक बारमा एउटी महिला भेटेको र अप्रत्यासित तरिकाले नजिकै आएको बताएका छन्। ती महिलाले केही भन्नका लागि कानसम्मै आएको र त्यसको क्षणभरमै आइफोन गायब भएको उनले बताए। तर उनले आइफोन हराएको चाल फेसबुक खोलेपछि मात्र थाहा पाए।
उनले आइफोनबाट खिचिने हरेक तस्बिर सिधै फेसबुकको एउटा फोल्डरमा सेभ हुने सेटिङ मिलाएका थिए।

प्रकाशित: १५ चैत्र २०७१ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App