सेलिब्रिटीमात्र आफ्नो गोपनीयताबारे यति धेरै सचेत हुन्थे। तर, गोपनीयताको सम्झौता पत्रमा हस्ताक्षर गर्नेहरूका अनुसार गुगल, फेसबुक वा टि्वटरजस्ता कम्पनीका अधिकारीहरू पनि आफ्नो गोपनीयताबारे सचेत हुन थालेका छन्।
‘ती यस्ता व्यक्तिहरू हुन्, जसका बारे तपाईंले कहिले सुन्नुभएको छैन,’ एक ठेकेदारले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘किनकि उनले पनि गोपनीयताको सम्झौता पत्रमा विगत तीन वर्षमा १० पटक हस्ताक्षर गरिसकेका छन्।' उनका अनुसार घरभित्र वा बाहिर कहीँ पनि काम गर्ने जो कोहीलाई सम्झौता पत्रमा हस्ताक्षर गराइएको हुन्छ। चाहे त्यो सरसफाई गर्ने होस्, माली होस् वा घर रंगाउने नै किन नहोस्।
‘कहिलेकाहीँ त हामी कसको लागि काम गर्दै छौं भन्ने पनि थाहा हुँदैन,’ ती ठेकेदार भन्छन्, ‘कामकै दौरान कतैबाट कुरा फुत्किहाले मात्र हो।’
गत साता मार्क जुकरवर्गविरुद्ध परेको मुद्दाले यस्तो सम्झौताबारेको बहसलाई थप नयाँ उचाइ दिएको छ। गत बुधबार जुकरवर्गका वकिलले अर्को पक्षका वकिललाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘तपाईंको पक्षलाई थाहा छ, जुकरवर्ग आफ्नो गोपनीयताको रक्षा गर्न कति सचेत र सजग हुनुहुन्छ। त्यसका लागि उहाँले केके गर्नुहुन्छ।’
यसले रमाइलो ठट्यौलीलाई जन्म दिएको छ। जसले आफूसँग सम्पर्क हुने जोसँग पनि गोपनीयताको सम्झौता गराउँछ, उ, नै यसको ठिकविपरीत व्यापार गर्छ– अर्काको गोपनीयताको।
अमेरिकाको सेन्ट लुइसस्थित ‘वासिङ्टन युनिभर्सिटी स्कुल अफ लका प्राध्यापक निल रिचर्डसका अनुसार यस्तो सम्झौताले समाजमा सूचनाको पहुँचलाई लिएर विभेद कायम गरेको छ। ‘उक्त सम्झौताले सूचनाको पहुँचलाई लिएर ‘ह्याभ्स’ र ‘ह्याभ्स नट’ बनाएको छ,’ उनले भने।
जुकरवर्गको घर भएको सानफ्रान्सिस्को डोलारिसमा काम गरिरहेका मजदुरसँग कुराकानी गर्न खोज्दा मजदुरले रेडिमेड जवाफ दिए, ‘म उः त्यो घरमा काम गर्छु।’
‘त्यो त मार्क जुकरवर्गको घर हो नि, हैन?’ भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘त्यो कसको हो वा कसको होइन भनेर म भन्न सक्दिनँ।’
‘तपाईंले पनि गोपनीयताको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ?’
‘त्यो सबैले गर्छन्,’ उनले भने।
जुकरवर्गको घरअघिल्तिर टेबल राखेर बसिरहेका व्यक्ति त्यहाँ काम गर्ने मजदुरका नाइकेजस्ता देखिन्थे। उनीसँग कुराकानी गर्न खोज्दा उनले ठाडो उत्तर दिए, ‘यो केवल घर हो।’ थप जानकारीका लागी एउटा कार्ड दिए, जसमा फेसबुकको जनसम्पर्क इकाइको इमेल लेखिएको थियो। तर, त्यहाँ कसलाई सम्पर्क गर्ने लेखिएको थिएन।
उक्त इमेलमा सम्पर्क गर्दा जवाफ केही पनि आएन। फेसबुकको प्रवक्तासँग सम्पर्क गर्दा, जुकरवर्गको व्यक्तिगत जीवनबारे आफूले केही भन्न नमिल्ने बताइन्।
अहिले जुकरवर्गलाई परेको मुद्दा भने अर्कै घरको विवादलाई लिएर हो। उक्त घर त्यहाँबाट झन्डै ५० किमि दक्षिण पालो आल्टोमा पर्छ, जहाँ जुकरवर्गको घरसँगै जोडिएको घर ४८ लाख डलरमा मिरेया भोस्केरिकियन भन्ने ‘पार्टटाइम डेभलपर’ले किन्ने सम्झौता गरेका थिए। उनैले उक्त जग्गाको केही भाग जुकरवर्गलाई दिन राजी भएका थिए। बदलामा जुकरवर्गले भोस्केरिकियनलाई सिलिकन भ्यालीका शक्तिशाली व्यक्तिहरूसँग आफ्नो सम्भावित बिजनेस पार्टनर तथा क्लाइन्ट भनेर चिनाउनुपर्ने सर्त थियो। त्यसमा जुकरवर्ग राजी थिए। तर घरजग्गा खरिद गरिसकेपछि सम्झौताअनुसार व्यवहार नगरेपछि जुकरवर्गविरुद्ध मुद्दा दायर गरिएको हो।
उनका वकिलले उक्त आरोपमा कुनै पनि सत्यता नरहेको र भोस्केरिकियन आफैंले हस्ताक्षर गरेको गोपनीयता सम्झौताको उल्लंघन गरेको प्रतिक्रिया दिए।
गोपनीयताको सम्झौता जुकरवर्ग र आफूबीचको करोबारका लागिमात्र गरिएको भोस्केरिकियन बताउँछन्। ‘मैले त्यस बेला उनीसँग के कारोबार गर्न चाहन्छु भनेर कुराकानी गर्नका लागिमात्र उक्त पत्रमा हस्ताक्षर गरेको थिएँ,’ उनले भने, ‘त्यसैका कारण मैले उनीविरुद्ध केही पनि बोल्न नहुने बन्देज कहाँ लगाउन सकिन्छ?’
जुकरवर्गले आफ्नो गोपनीयताको रक्षाका लागि जे जति गरे पनि उनी फेसबुक प्रयोगकर्ताको गोपनीयतामा भने उति गम्भीर छैनन्। उनले सन् २०१० मा एक ब्लगरलाई दिएको अन्तरवार्तामा भनेका छन्, फेसबुकले प्रयोगकर्ताको गोपनीयताको केही सर्तलाई परिवर्तन गर्नुको कारण प्रयोगकर्ताबारे धेरै कुरा अरूले थाहा पाउन भन्ने हो। ‘प्रयोगकर्ताहरूलाई आफ्नोबारे सूचना दिन कुनै संकोच छ जस्तो लाग्दैन,’ उनले भनेका थिए।
प्रयोगकर्ताहरूले उजुरी गर्न थालेपछि भने फेसबुकले गोपनीयतामा केही परिवर्तन गरेको छ। उदाहरणका लागि तपाईंले कुनै फोटो पोस्ट गर्नुभयो भने त्यो कसले हेर्न मिल्छ भनेर तपाईंले निर्धारण गर्नु सक्नुहुन्छ।
गोपनीयताको उजागर गर्ने कम्पनीकै मालिकले आफ्नो गोपनीयताबारे निकै सचेत हुनु हास्यास्पद छ। ‘त्यस्ता मानिसलेे अरूको गोपनीयता पनि इन्टरनेटमा नछरियोस् भन्नेबारे सचेत हुनुपर्छ,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाका सहप्राध्यापक तथा गोपनीयताका विज्ञ क्रिस हुफ्नागले भने।
अब फेसबुकमा कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन। हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ।
...
प्रकाशित: ६ चैत्र २०७१ १९:५२ शुक्रबार





