२१ चैत्र २०८२ शनिबार
image/svg+xml
प्रविधि

के २० ड्रोइड बजारमा

काठमाडौं– कलर्स मोबाइलले पर्ल ब्ल्याक सिरिजमा नयाँ स्टाइलिस पर्ल ब्ल्याक के२० ड्रोइड बजारमा ल्याएको छ। ड्रोइडले आफ्नो सुपर स्लिक एवं आकर्षक कलात्मक बनौटका साथ पर्ल ब्ल्याक सिरिजको ख्यातिलाई अझ बढाइदिएको दाबी कम्पनीको छ।५ इन्चको एचडी स्त्रि्कनका साथ के २० ले चमकदार एवं अति स्पष्ट दृश्य अवलोकन गराउने छ। विभिन्न प्रकारका कार्यहरु सम्पन्न गर्नलाई मद्दत गर्न मुख्य रुपमा डिजाइन गरिएको यो सेट ४.४ किटक्याटका साथ तीव्रताका लागि ओक्टा कोर १.४ गेगाहर्ज प्रोसेसरसहित बनेको छ भनें सञ्चालन प्रणालीका लागि ४००० एमएएचली पोलिमर ब्याट्री राखिएको छ। यसमा १ जिबी र्या मका साथ ८ जिबी रोम, सोनी सेन्सरयुक्त २ मेगापिक्सल फ्रन्ट क्यामरा र ८ मेगापिक्सल क्यामरा छन्।
के २० मा ड्रोइडमा भएको नेटवर्क सम्पर्कका विकल्पहरुमा वाइफाई, ब्लुटूथ र जिएसएम क्वाड ब्यान्डयुक्त एफएम रहेका छन्। श्वेत सुनौलो र श्याम सुनौलो रंगहरुमा पाइने के २० ड्रोइडको बजार मूल्य १६ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ।  
कलर्स मोबाइललाई टेलिटकले सन् २००९ देखि बजारमा ल्याएको हो। नेपालमा हालसम्म १५ लाख कलर्स मोबाइल बिक्री भएको कम्पनीको दाबी छ।

प्रकाशित: ५ चैत्र २०७१ २२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App