काठमाडौं– फास्ट ट्र्याक इन्टरनेसनलले नेपालले भारत, अमेरिका, बंगलादेश, श्रीलंकासहित अफ्रिकाका विभिन्न देशहरुमा लोकप्रिय म्याजिक अन र जिभी मोबाइल नेपाली बजारमा ल्याएको छ।यी सेटमा एक वर्षको वारेन्टीका साथै ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट वारेन्टी दिइएको छ। काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वरका साथै ललितपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, वीरगन्ज, जनकपुर, लहान, राजविराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखाको चरिकोटबाट अधिकृत बिक्रेतामार्र्फत यी मोबाइल बिक्रीवितरण भइरहेको जानकारी कम्पनीले दिएको छ।
यी मोबाइलमा ५ मेगापिक्सेलको क्यामेरा, डुअल सिम, एफएम, वाइफाइ लगायतका सुबिधाहरु उपलब्ध छन्। ८ जिबी इन्टरनल मेमोरीका साथै ब्याट्री ब्याकअप हुनुका साथै प्रोजेक्टर समेत चालउन मिल्ने यो मोबाइल कर्पोरेट हाउस, एनजिओ, इन्जिनियर, प्रशिक्षक तथा विद्यार्थीका लागि उपयुक्त हुने दाबी कम्पनीको छ।
प्रकाशित: २ चैत्र २०७१ २३:१६ सोमबार