२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

सेल्कन मोबाइल बजारमा

काठमाडौं– भारतको ख्याती प्राप्त मोबाइल ब्रान्ड ‘सेल्कन' नेपाली बजारमा आएको छ। नेक्स्ट जेनेरेसन इन्टरप्राइज सोलुसन्स प्रालिले सेलकनलाई नेपाली बजारमा बिक्री वितरण गर्न सुरु गरेको हो। भारत, बंगलादेश, श्रीलंकालगायतका मुलुकमा लोकप्रिय यो ब्रान्ड पहिलोपटक नेपाल आएको हो। सेलकनले एकैचोटी झण्डै एक दर्जन मोडल नेपाली बजारमा उतारेको छ।  जसमध्ये क्यु ४५५,क्यु ५००, अल्ट्रा,  क्यु ५, ए २०, ए ३५४ सि, ए ११५,  सि ५ एस , सि ६०९स्टार, सि ५ प्लस, सि ३४४ रहेका छन्।नेक्स्ट जेनेरेसनले सेल्कन मोबाइल उपत्यका लगायत नेपाल भरका २ दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार सुरु गरिसकेको छ। मोबाइल सेटमा एक वर्ष वारेन्टीसहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिएको जनाएको छ।
काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, वीरगन्ज, जनकपुर, लहान, राजविराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगडी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखाको चरिकोटमा अधिकृत बिक्रेतामार्फत कारोबार भइरहेको जनाएको छ।
भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्रान्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइलेे बताए।
बिक्रीपछिको सुविधालाई विशेष ध्यान दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको छ भने सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने तथा आवश्यकता अनुसार यसलाई अन्य स्थानमा पनि विस्तार गरिने नेक्स्ट जेनेरेसनले जनाएको छ।
एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु ४५५ स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरासँगै फ्लासलाइट, १.२ क्वार्डकोर प्रोसेसर, ४.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी र्या म, दुइवटा सिमलाग्ने र २ हजार एमएएच ब्याट्री रहेको छ।

यसैगरि क्यु ५०० अल्ट्रामा २ जिबी र्या म, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल ब्याकक्यामेरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, ३२ जिबी सम्म मेमोरी थप्न सकिने, २५०० एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७ सिएम एचडी स्त्रि्कनसहितका फिचर रहेको कम्पनीले जनाएको छ।

बारफोनदेखि उत्कृष्ट स्मार्टफोन रहेको सेल्कन ब्रान्ड नेपाली उपभोक्ताका लागि सुहाउँदो भएको नेक्स्ट जेनेरेशनका बजार प्रमुख उमेश अधिकारीले बताए।

प्रकाशित: १६ फाल्गुन २०७१ २२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App